Logo

पक्राउ परेका रामचन्द्र पाैडेल ३ घण्टापछि छुटे

देश प्रदेश समाचार १७ मंसिर २०७७, बुधबार २१:०६ मा प्रकाशित

पोखरा तनहुकाे व्यास नगरपालिकामा रहेकाे पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर ३ घण्टा पछि छाेडेकाेे हाे ।

ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा  उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए । तनहुँ प्रहरी प्रमुख अरुण पौडेलले ‘समन्वय प्रमुखको रोहबरमा रिहा गरेका छौं,’ एसपी पौडेलले भने ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो । रिहा  भएपछि वरिष्ठ नेता पौडेलले दमौलीस्थित नेपाली कांग्रेस जिल्ला समितिको कार्यालयमा पुगेर सम्बोधन गर्ने कार्यक्रम राखेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?