भद्रपुर । अन्तर्रास्ट्रिय युवा दिवसकाे अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले खुल्ला युथ मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गरेकाे छ ।
दिगाे विकास लक्ष प्राप्तिमा युवाकाे साथ नवपर्वतन र उद्यमसशिलतामा हरित सीप विकास भन्ने मुल नाराका साथ युवा दिवस मनाईएकाे हाे ।
भद्रपुर २ सगरमाथा चाेकबाट शनिबार विहान ८ बजे शुरू भएकाे दाैड नगरपालिकाकाे गेट सम्म ८ किलोमिटर दूरिकाे म्याराथुन आयाेजना गरिएकाे थियाे । दाैडमा पुरुष तर्फबाट राजन म्याङ्वाे प्रथम, द्वितीयमा दिपेश तामाङ, तृतीय सुदिप लुम्बा र सान्तवनामा सन्ताेष साउद भएका थिए । त्यसैगरी महिला तर्फबाट क्रमश सुश्मिता राई, गिता श्रेष्ठ, जुनु राई र मुना पाेखरेल प्रथम, द्वितीय, तृतीय र सान्तवना भएका थिए ।
विजेतालाई जनही प्रथमलाई नगद १०हजार, द्वितीयलाई ७ हजार , तृतीयलाई ५ हजार र सान्तवनालाई नगद ३हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएकाे थियाे भने सहभागी सबैलाई प्रमाणपत्रले सम्मान गरिएकाे थियाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै नगर प्रमुख गणेश पाेखरेलले सम्पूर्ण युवाहरुलाई उर्जाशिल बनाउनका लागि एकै ठाउँमा गाेलबद्ध बनाउन याे कार्यक्रमकाे उद्देश्य रहेकाे बताए ।
साेहि अबसर पारेर गत जेष्ठ १८ र १९ गते २ सय जना युवाकाे सम्मेलनबाट तयार पारिएकाे घाेषणापत्र पनि नगर प्रमुखसहित जनप्रतिनिधिले सार्वजनिक गरेका थिए ।
सार्वजनिक गरेकाे घाेषणापत्रलाई भद्रपुर युवा परिषद् समितिका सदस्य याेगेन्द्र पाैडेलले वाचन गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्षकाे तर्फबाट ७ नम्बर वडा अध्यक्ष अभिषेक ढुङ्गानाले, कार्यपालिका तर्फबाट सदस्य सीता गुराँगाई र नगर उपप्रमुख राधा कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

नगर युवा परिषद् भद्रपुरका अध्यक्ष तथा नगर प्रमुख गणेश पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे याेगेन्द्र पाैडेलले सञ्चालन गरेका थिए ।




