Logo

आन्दोलनमा उत्रिएका झापा कारागारका कैदीबन्दीकाे माग पूरा, चाैकीदारसहित दुईजनाकाे सरुवा

देश प्रदेश समाचार २१ श्रावण २०८०, आईतवार १९:३० मा प्रकाशित

भद्रपुर गत १९ गते झापा जिल्ला कारागारमा मनाेज लावतीकाे कारागार सरुवाको विषय लिएर आन्दोलनमा उत्रिएका कैदीबन्दीहरुकाे माग पूरा भएकाे छ ।
उनीहरुले मनाेज लावतीलाई सरुवा नगरी चाैकीदार लय प्रसाद सिवाकोटी र पासाङ भनिने कुमार शेर्पालाई सरुवा गर्ने माग गरेका थिए । जस अनुसार केन्द्रीय कारागार विभागले सुरक्षाकाे दृष्टिकोणले कुनै अप्रिय घटाना नघटाेस भनेर शिवाकोटी र शेर्पालाई आईतवार कारागार सरुवा गरेकाे झापा जिल्ला कारागार प्रमुख माेहनलाल पनेरुले बताए । उनले भने, `शिवाकोटीलाई आन्तरिक प्रशासनले कारबाही गरेपछि उनी आफैंले कारागार सरुवा माग गरेका थिए, जस अनुसार उनीलाई सरुवा गरिएकाे हाे´ । हाल चाैकीदार खालि रहेकाेले लावतीले नै आन्तरिक प्रशासन चलाएकाे र आन्तरिक प्रसासनबाट चाैकिदारकाे नाम आएपछि केन्द्रीय विभागमा सिफारिस गरिने पनेरुले बताए ।
शुक्रबार आन्दोलनमा उत्त्रिएका कैदीबन्दीहरुले अराजक व्यवाहार देखाएपछि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेल, कारागार प्रमुख माेहनलाल पनेरु र कैदीबन्दी बिच वार्ता भएकाे थियाे । वार्तामा कैदीबन्दी पक्षबाट चाैकीदार सिवाकोटी र शेर्पालाई कारागार सरुवाको माग गरेका थिए । जस अनुसार सिवाकोटीलाई सुनसरीको झुम्कामा रहेकाे कारागारमा र शेर्पालाई केन्द्रीय कारागार काठमाडौं सरुवा गरिएकाे हाे ।
विभागले केहिदिन अघि मनाेज लावतीलाई सरुवा गर्ने निर्णय गरेपछि लावतीलाई कारागार बाहिर गेटमा निकाल्ने बित्तिकै भित्र रहेका कैदीबन्दीले एक्कासि ढुङ्गामुढा तथा टायर बालेर आन्दोलन गरेपछि करिव साढे दुईघण्टा कारागारमा तनाव भएकाे थियाे । कैदीबन्दीहरु घरेलु हतियार लिएर कारागारकाे छतमा चढेर भाग्न खाेजेपछि नियन्त्रण लिन प्रहरीले ७ राउन्ड हवाई फायरिङ र ५ सेल अश्रुग्यास चलाएकाे प्रहरीले जानकारी दिएकाे थियाे ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?