Logo

अश्लील हर्कत गर्ने अधिकृतलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

देश प्रदेश समाचार १५ श्रावण २०८०, सोमबार २०:३० मा प्रकाशित

काठमाडौं झापाकाे दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाकाे सामाजिक सञ्जालमा अश्लील हर्कत गरेकाे भिडियाे सार्वजनिक भएपछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

सोमबार गोप्य/अति जरुरी लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले बताए ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए ।

दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएका थिए ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?