Logo

आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ

देश प्रदेश समाचार २७ श्रावण २०८०, शनिबार १८:२८ मा प्रकाशित

झापा  आफ्नै ९० वर्षीय बुबा  आईत सिंह घलानको हत्या गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-१६ टांगिया बस्ती बस्ने ६० वर्षीय दिल बहादुर घलानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आईत सिंहको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएइकाे छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?