Logo

कोरोना अस्पतालमा सुधार हुँदै(समाचार प्रभाव)

देश प्रदेश समाचार ९ जेष्ठ २०७८, आईतवार १५:३१ मा प्रकाशित

भद्रपुर भद्रपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत विरामीहरूको समयमा खाना खान नपाएको गुनासो सम्बोधन भएको छ ।

व्यवस्थापकीय कमजोरीले समयमा खान नपाएका विरामीहरूको गुनासो देश प्रदेशबाट भिडियाेसहित समाचारका रूपमा प्रकाशित भएपछि अस्पताल प्रशासनले कमजोरी सुधार गर्दा आजबाट समयानुसार खानपानको व्यवस्था मिलेको हो ।
कोभिड १९ संक्रमणले सिकिस्त भएका विरामी मात्र उपचारका लागि पुग्ने गरेको कोरोना विशेष अस्पतालमा व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त हुन पुगेको विरामीहरूले फेसबुकमार्फत गुनासो सार्वजनिक गरेका थिए । एक विरामीका अनुसार आज विहान ७ बजे नास्ता र ९ बजे खानाको प्रबन्ध भएको छ । हिजोअस्तिभन्दा आजबाट खानाको गुणस्तर तथा सरसफाइमा समेत निकै सुधार आएको उनले बताए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?