Logo

राष्टिय भक्का दिवस भद्रपुरमा सम्पन्न ,हेराैँ तस्वीरमा

देश प्रदेश समाचार २५ पुष २०७७, शनिबार २०:५४ मा प्रकाशित

भद्रपुर राजवंशी समाज विकास समिति भद्रपुर नगर समितिले भव्य रुपमा राष्टीय भक्का दिवस मनाएको छ । प्रदेश साँसद पूर्णसिंह राजवंशीले जातीय परिकार भक्का पकाएर दिवसको उद्घाटन गरेका थिए । औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष नगर समिति अध्यक्ष हंशधर राजवंशीले दुईवटा संस्थाले दुईवटा मितिमा दिवस मनाएर विवाद गर्नुभन्दा एउटै मितिलाई घोषणा गर्न आफूहरु तयार रहेको बताए  ।

भद्रपुर ४ को वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।सहभागीहरुलाई भक्का खुवाउन एक क्वीन्टल चामलको पीठो तयार गरिएको आर्थिक समितिका संयोजक सातालु राजवंशीले बताए । १० जना महिलाले भक्का पकाएर सहभागीहरुलाई खुवाएका थिए । कार्यक्रममा आङ्राधुम्ना नाचगाअन कल्चर टीमले पाचाली , नटुवा , कोच गायक विन्दास राजवंशीले र्याप गीत प्रतुत गरेका थिए । राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशीलाई प्रमुख अतिथि बनाएर टुंगो गरिसकेको अबस्थामा उनलाई कार्यक्रममा आउन नदिइएको जनाइएको छ ।

पुस २५ कि पुष २९ गते भक्का दिवस भनेर विवाद चलिरहँदा राजवंशी समाज विकास समिति भद्रपुरले शनिबार भक्का दिवस मनाएको   छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ , उपप्रमुख चन्द्रामाया श्रेष्ठ , कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी, राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय उपाध्यक्ष भरत राजवंशी , संस्थापक सचिव तुलाराम राजवंशी , संस्थापक सदस्य फाल्गुनी राजवंशी , पूर्व जिल्ला अध्यक्षहरु पुकारचन्द्र राजवंशी , मनोज राजवंशी , जिल्ला उपाध्यक्ष ममता ताजपुरिया राजवंशी, बिर्तामोड ८ का वडा सदस्य गंगा राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?