भद्रपुर । झापाकाे भद्रपुर ७ मा रहेकाे शझ्कटहरेश्वर विश्रान्ति घाटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ ।
आईतवार पुराण आयाेजक प्रचारप्रसार उप समितिले गरेकाे संक्षिप्त पत्रकार सम्मेलन मार्फत भदाै ३० देखि असाेज ६ सम्म हुने समितिका संयोजक हरि काेईरालाले बताए ।
श्रावण १३ गते प्रदेशसभा सदस्य, स्थानिय जनप्रतिनिधि, उद्योगी, व्यापारी तथा भक्तजनको बृहत् भेलाले पुराण लगाउने निर्णय गरेकाे थियाे ।
पुराण सफल बनाउनका लागि ३०१ सदस्यीय मुल समाराेह समिति, ३२१ सदस्यीय सल्लाहकार समिति र ९ वटा उप समिति गठन गरिएकाे आयाेजक मुलसमारोह समितिका अध्यक्ष हरि प्रसाद निराैलाले जानकारी दिए । जस अनुसार हरि काेईरालाकाे संयाेजकमा ११ सदस्यीय प्रचारप्रसार उप समिति, केदार पाेखरेलकाे संयाेजकमा ६ सदस्यीय पण्डाल, मण्डप निर्माण तथा पूर्वाधार निर्माण,
सरिता ढकालकाे संयाेजकमा १८ सदस्यीय पूजा प्रबन्ध,
महतलाल राजवंशीकाे संयाेजकमा १५ सदस्यीय आर्थिक,
दिपेन्द्र घिमिरेकाे संयाजकमा २१ सदस्यीय सुरक्षा प्रबन्ध तथा स्यंसेवक, खतिवडाको संयाेजकमा ७ सदस्यीय सामाग्री खरिद तथा संचय, रेमनाथ चुडालकाे संयाेजकमा १० सदस्यीय स्वागत तथा सम्मान, चन्द्रमाया गिरीकाे संयाेजकमा ७ सदस्यीय प्रसाद तयार तथा वितरण र हरि प्रसाद निराेलाकाे संयाेजकमा ८ सदस्यीय व्यासाचार्य तथा गुरुजन व्यवस्थापन उपसमिति रहेका छन् ।




