ताप्लेजुङ । ताप्लेजुङ जिल्लाकाे चर्चित धार्मिक पाथिभरा मन्दिर क्षेत्रमा वितेकाे एक सातादेखि लागेकाे आगाे नियन्त्रणमा आएकाेछ ।
आगोलाई नियन्त्रणमा लिन अनेक प्रयास गरिएपनि सम्भव नभए पछि आइतबार भने हेलिकोप्टरबाट आगोलागेकाे ठाउँमा पानी खनाएर नियन्त्रण गरिएको ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार ताप्लेजुङ क्षेत्र संरक्षण तथा सम्बर्द्धन समितिको समन्वयमा सिम्रिक एयरको हेलिकोप्टर मगाइएको थियो ।
जंगलमा पानीको स्रोत नभएको र आगो पाथिभरा मन्दिर क्षेत्रतर्फ अगाडि बढेपछि हेलिकोप्टर मगाएर पानी खन्याउने निर्णय भएको उनले जानकारी दिए । हेलिकोप्टर काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थलमा अवतरण गरेको थियो ।
लोकप्रिय समाचार




