Logo

चिनियाँ टोली राष्ट्रपति कार्यालयमा

देश प्रदेश समाचार १२ पुष २०७७, आईतवार १८:१७ मा प्रकाशित

काठमान्डाै । नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितल निवास पुगेको छ ।

केहीवेर अघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उप-मन्त्री गुओ येचौकाे नेतृत्वमा चार सदस्यीय टोली शितल निवास पुुुुुुगेकाे हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?