Logo

नेपालमा भ्रष्टाचारनै नभएको सरकार भन्दा मेरो नाम आउँछ : ओली

देश प्रदेश समाचार २४ मंसिर २०७७, बुधबार २२:४२ मा प्रकाशित

काठमान्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने संकल्पलाई दृढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भर्त्सना आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्र,ष्टा,चारलाई सामाजिक रुपमा नै निन्दा र भर्त्सना गर्नु जरुरी हुन्छ ।’भ्रष्टाचारलाई आर्थिक अप,रा,,धका रुपमा मात्रै हेर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भ्रष्टाचारले यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने, प्रजातान्त्रिक संस्थाहरुलाई ध्व,स्त पार्ने बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक स्थायित्व हुन दिदैन, विकासको गतिलाई अवरोध गर्छ र अन्ततोगत्वा राजनीतिक प्रणालीमा नै प्रहार गर्छ । यति मात्र होइन, पछिल्ला दिनहरुमा भ्र,ष्टा,चा,रजन्य सम्पत्ति विदेशमा पुर्‍याउने, त्यसलाई अपराधजन्य कार्यहरुमा लगानी गर्ने र अन्तर्राष्ट्रिय शान्ति र सुव्यवस्था उपर नै आ,क्र,मण गर्ने जोखिमसमेत देखिएको छ ।’


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?