Logo

‘बर्थ डे केक’ खाएपछि बालुवाटारमा बाझाबाझ

देश प्रदेश समाचार १६ मंसिर २०७७, मंगलवार २२:०९ मा प्रकाशित

काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भयो । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिए ।

धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको थियो । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२ औं जन्मदिन भएकाले शुभकामना दिऔं भन्दै केट काट्न लगाएका थिए ।

केक काटिसकेपछि अध्यक्ष ओलीले बैठक सुरु भएको बताए । र कार्यकारी अध्यक्ष प्रचण्डतिर हेर्दै आजको एजेण्डाचाहिँ के हो नि  भनेर प्रश्न गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी जटिल मोडमा रहेको भन्दै दुबै प्रतिवेदनमाथि छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए ।

ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्ताव लाञ्छनापत्र मात्रै भएको र यसले पार्टीको शाख गिराउने काम गरेको प्रतिक्रिया दिए । यसमाथि पार्टीमा छलफल हुन नसक्ने भन्दै उनले प्रस्ताव फिर्ता लिएर प्रचण्डले माफी माग्नुपर्ने बताए ।

प्रधानमन्त्री  एवं अध्यक्ष ओलीले आफ्नो प्रस्तावमा उल्लेख गरेजस्तै पार्टीमा बहुमत–अल्पमतका आधारमा नभई सहमतिबाट मात्र निर्णय हुनुपर्ने बताए ।

सहमतिका आधारमा अगाडि नबढ्ने हो भने पार्टी एकता कायम रहन नसक्ने बताउँदै ओलीले बैठकमा भने, ‘अन्तरिम कमिटीमा बहुमत–अल्पमत भन्ने हुँदैन र मान्दिनँ पनि ।’

बैठकको सुरुमा केहीबेर बोलेका ओलीले प्रचण्डले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ’ भने । उनले त्यसो भनिरहँदा प्रचण्ड भने मुसुमुसु हाँसिरहेका थिए । त्यो देखेपछि आक्रोशित बनेका ओलीले भने, ‘किन हाँसेको रु म गम्भीर कुरा गरिरहेको छु ।’

त्यसपछि बैठकको माहौल थप बिग्रियो । ओली सँगसँगै प्रचण्ड पनि जंगिए । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने रु’ भन्दै ओलीको प्रतिवाद गरे ।

ईश्वर पोखरेलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे ।

‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

त्यसपछि बैठकको माहौल थप बिग्रियो । ओली सँगसँगै प्रचण्ड पनि जंगिए । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले पनि ओलीको विरोध गरे । प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने रु’ भन्दै ओलीको प्रतिवाद गरे ।

ईश्वर पोखरेलले पनि बोल्नै नपाउने त भएन भन्दै बैठकमा ओलीको आलोचना गरेका थिए । नेताहरुले एकसाथ लागेर ओलीको प्रतिवाद गरेपछि प्रचण्डले सम्हालिएर आफ्ना कुराहरु राखे ।

‘पार्टीमा बोल्नसमेत नदिने स्थिति छ, आएका प्रस्तावहरुमाथि छलफलै हुन्न भन्नुहुन्छ, साथीहरु आफ्नो दृष्टिकोण राख्नुस्’ भन्दै प्रचण्डले छलफलका लागि ‘फ्लोर ओपन’ गरे ।

सचिवालय स्रोतका अनुसार वरिष्ठ नेता नेपालले छलफल गर्ने कि नगर्ने भन्ने प्रश्नै उठाउन आवश्यक नरहेको बताए । बैठकमा आएका प्रस्तावहरुमाथि छलफल हुर्नैपर्ने नेता नेपालले बताए । उपाध्यक्ष गौतमले छलफल त सुरु भइसक्यो र अध्यक्ष केपी कमरेडले पनि भाग लिइसक्नुभयो भने ।

वरिष्ठ नेता खनालले बैठकमा आएका सबै प्रस्ताव पार्टीको सम्पत्ति भइसकेको बताए । प्रवक्ता श्रेष्ठले छलफल गर्न पाइन्न भन्ने पनि हुन्छ र रु भन्दै प्रश्न गरे । नेता ईश्वर पोखरेलले प्रस्तावहरु आएपछि त छलफल हुने नै भयो भने । रामबहादुर थापा बादलले पनि छलफल त सुरु भइसकेको छ भने । महासचिव विष्णु पौडेलले भने यसबारे केही नभन्ने बताए ।

त्यसपछि प्रचण्डले फेरि बोले । बहस र छलफल गरेर पार्टीलाई एउटा निष्कर्षमा पुर्‍याउन चाहेको उनले बताए । आफूहरुले २२ कात्तिकमा सचिवालय बैठकका लागि सहमति माग गर्दै पत्र बुझाएको, तर ओलीले १० पन्ने जवाफ लेखेर फायर खोलेको प्रचण्डले बताए । र, आफूले त्यसको प्रतिवाद मात्र गरेको प्रचण्डले बैठकमा बताए ।

कुण्ठाग्रस्त बनेको र व्यक्तिवादी भएको भन्दै प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् । साथै उनले ३७ पृष्ठको प्रस्तावमा ओलीले आफूमाथि लगाएका आरोप र उठाएका प्रश्नहरुको बुँदागत रुपमा लिखित जवाफ दिने बताएका छन् । मंगलबारको बैठकमा भनाभन मात्रै भयो, प्रचण्डले ओलीको डकुमेन्टको औपचारिक जवाफ पेश गरेनन् ।

स्रोतका अनुसार मंगलबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । सहमतिका आधारमा मात्र निर्णय हुनुपर्छ भन्ने ओलीको अडानको खनालले कडा आलोचना गरे । सकेसम्म सहमति, नभए बहुमतबाट निर्णय हुने भन्दै उनले दुनियाँमा कहीँ नभएको अभ्यास हुनुपर्छ भन्दा नीतिगत संकट आउने बताए । सहमति भनेको के हो रु यसको परिभाषा हुनुपर्ने खनालले बताए ।

उपाध्यक्ष गौतमले पनि बैठकसँगै अनौपचारिक छलफलहरु गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने बताए । ईश्वर पोखरेलले पनि अनौपचारिक सम्वादमा जोड दिए । प्रवक्ता श्रेष्ठले अनौपचारिक सम्वादहरु गर्नुपर्ने, तर त्यसका नाममा औपचारिक बैठकलाई रोक्न नमिल्ने धारणा राखेको एक नेताले बताए ।

वरिष्ठ नेता नेपालले भने बैठकमा लामै बोलेका छन् । उनी यो पार्टी फुटाउने भन्ने को हो भन्दै कड्किएका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली व्यक्तिवादी तथा गुटवादी भएको र पार्टीमा अहिले आएको समस्याको जड केपी ओली नै भएको नेता नेपालले बताए ।अनलाइन खवरबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?