Logo

हल्दीबारीमा काँङ्ग्रेस र राप्रपा छाडदै

देश प्रदेश समाचार ८ आश्विन २०७७, बिहीबार २०:४० मा प्रकाशित

भद्रपुर झापा हल्दीबारी गाउँपालिकामा बजेटको विषयलाइ लिएर भइरहेको राप्रपाबाट निर्वाचित पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेकपाबाट निर्वाचित उपाध्यक्ष डम्बर बहादुर गिरीबिच रहेको विवाद पार्टी प्रवेशले उथलपुथल भएको छ ।

हल्दीबारीमा काँङ्ग्रेस र राप्रपा पार्टी परित्याग गरी विहीबार राष्ट्रिय खेलाडिसहित तीनसय भन्दा बढी नेकपामा प्रवेश गरेपछि उनिहरुबिच खैलावैला मचिएको हो ।

प्रवेश गर्नेहरुमा हल्दीबारी २ र ४ का कबड्डीका राष्ट्रिय खेलाडी अमृत मेचे, खड्ग राजवंशी, ४ का फुटबल खेलाडि सन्तोष मादेन, हल्दीबारी ३ का सामाजिक अभियान्ता अभिषेक खतिवडा र बिजय मेचे लगायत नेकपामा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई नेकपा झापा जिल्ला कमिटी सदस्य एवंम् क्षेत्र न ३ ख का सचिव नरेस चुडाल, नेकपा हल्दीबारी इन्चार्ज धर्म शिवाकोटी, जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी, जिल्ला सल्लाहकार सदस्य एवंम् तत्कालीन हल्दीबारी गाविस अध्यक्ष मोहनचन्द्र रेग्मी लगायतले टीका र खदा लगाएर पार्टीमा स्वागत गरेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?