Logo

युवा सङ्घ इन्चार्जमाथि कार्यकर्ताद्धारा खुकुरी प्रहारको प्रयास

देश प्रदेश समाचार ३१ असार २०८०, आईतवार १९:५१ मा प्रकाशित

भद्रपुर नेकपा एमालेका युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल झापा क्षेत्र नं. १ का इन्चार्जमाथि आफ्नै कार्यकर्ता साथिले खुकुरी प्रहारको प्रयास गरेका छन् ।
असार २५ गते मेचीनगर ८ इटाभट्टास्थित दिउँसो करीब साढे १२ बजेको समयमा सोही सभाहलको छेउमै रहेको चिया पसलमा मेहरामाथिमाथि युवा सङ्घ झापाका पुर्व सहसचिव सुमन थापाले खुकुरी प्रहारको प्रयास गरेका हुन् ।
मेहरासहित राष्ट्रिय युवा सङ्घ नेपालका प्रदेश कमिटि सदस्य तथा क्षेत्रीय इन्चार्ज रघु धिमाल तथा मेचीनगरका अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको समूह चिया पिउँदै गरेको अवस्थामा उनीहरुमाथि थापाको नेतृत्वमा १२÷१३ जनाको समूह एउटा स्कर्पियो र दुई वटा मोटरसाईकलमा त्यहाँ पुगेर एक्कासि साङ्घातिक आक्रमणको प्रयास गरेको मेहराले बताए ।
राष्ट्रिय युवा सङ्घको केन्द्रको ‘नेक्स्ट इलेक्सन टार्गेट न्यू जेनेरेशन’ अभियान अन्तर्गत मेचीनगरको कार्यक्रम तय गर्न नारी कल्याणकारीणी संस्थाको सभाहलमा भेला बोलाइएको भएपनि भेला हुन माहोल प्रतिकुल भएको कारण भेला स्थगित गरिएको थियो । कार्यक्रम नहुने भए पछि दिउँसो करीब साढे १२ बजेको समयमा सोही सभाहलको छेउमै रहेको चिया पसलमा मेहरा, धिमाल, श्रेष्ठ लगायतको समूह चिया पिउँदै गरेको अवस्थामा थापाले सबै युवासङ्घका कार्यकर्तासँग थापाले हात मिलाउँदै गए जब सरोज मेहराको छेउमा पुगे तब थापाले मेहरालाई हातपात गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरुका अनुसार मेहराले के गरेको भनेर प्रश्न गर्ने बित्तिकै थापाले खुकुरी निकाले । एकै छिनमा चिया पसलको माहोल अस्वाभाविक अवस्थाको बन्यो । थापाले नाङ्गो खुकुरी मेहरा तर्फ सोज्याए पछि मेहरासँगै चिया खाईरहेका धिमाल र श्रेष्ठ लगायतले थापालाई रोक्न खोजे तर त्यो बेलासम्म थापासँगै आएका अन्य युवाहरुले धिमाल र श्रेष्ठलाई समेत हातपात गर्न शुरु गरिसकेका थिए । ज्यानकै जोखिम हुने देखेपछि मेहरा चिया पसलबाट बाहिरिन खोज्दा थापाको तर्फबाट खुकुरीले प्रहार भयो । त्यस पछि भने त्यहाँ रहेका स्थानीय मानिसहरु थापाको समूह तिर खनियो । स्थानीयहरुले मेहरा, धिमाल र श्रेष्ठको समूहलाई जोगाउन थापाको समूह बिरुद्ध प्रतिकार गर्यो । थापाको समूहको मुख्य निसानामा देखिएका मेहरालाई थापाले खुकुरी लिएर खेदाउन थालेपछि स्थानीयबासीले मेहरालाई एउटा घरको माथिल्लो तलामा लगेर राखे र थापाको समूह बिरुद्ध खनिए पछि थापाको नेतृत्वको समूह त्यहाँबाट भागेको थियो । त्यसक्रममा मेहरा सामान्य घाइते पनि भए । तर पनि स्थानीयको सहयोगले कुनै ठुलो दुर्घटना भने हुन पाएन ।
घट्नाका बारेमा तत्कालै नेकपा एमालेका नेताहरुलाई समेत जानकारी गराउँदा समेत कारबाहीको कुनै प्रक्रिया अगाडी नबढाएकाले प्रहरीमा उजुरी दिएको र घाँउजाँच केश फारम भरेको धिमालले बताए ।
इलाका प्रहरी कार्यलय काकडभिट्टाका डिएसपी दिपक भारतीले निवेदन लिएको र घाँउजाँच केश फारम भराएको बताए । दुवै पक्षलाइ चाडै छलफलमा बोलाउने उनले जानकारी दिए ।
युवा सङ्घमा मात्रै होईन एमाले झापा भित्र पार्टी नेतृत्व आफ्नै कार्यकर्ताबाट असुरक्षीत भएको छ । यो भन्दा अघि पनि एमाले प्रदेश कमिटि सदस्य तथा पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीमाथि पनि एमाले जिल्ला कमिटि सदस्य भुपाल ओलीले काँकभिट्टामा आक्रमण गरेको घटना सार्वजनिक भइसकेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?