जीवात्मा तथा प्राणीहरुमा सर्वश्रेष्ठ मानवहो भत्रे कुरा सर्वत्र पाइन्छ । तर हामी मानवहरु नै मानवताको संस्कार–संस्कृति, कुलाचार, परम्परादि कार्यबाट रहित भएका छौं भने,पशु समान भन्नु अनुपयुक्त नहोला । त्यसर्थ जीवन विज्ञान अन्तर्गत प्रातःब्रह्म मुहूर्तमा उठ्ने सम्बन्धमा संक्षिप्त चर्चा गरिन्छ ।
कर दर्शनः– सर्वप्रथम उठ्ने वित्तिकै इष्टदेवताको स्मरण गर्दै आफ्नो हातको दर्शन गर्नुपर्दछ । कर–दर्शन गर्दा निम्न श्लोक उच्चारण गर्नुपर्छ ।
कराग्रे वसते लक्ष्मीः करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रह्मा प्रभाते करदर्शनम् ।।
अर्थात् हातको अग्रभागमा भगवती लक्ष्मीले निवास गर्दछिन्, । मध्यभागमा विद्याप्रदायिनी सरस्वती देवी तथा मूलभागमा वुद्धिदाता ब्रह्माको निवास हुन्छ । करदर्शनको तात्पर्य यो हो कि मानवजीवनमा सफलता प्राप्त गर्नु छ भने धन, विद्या र वुद्धि यी तिनै वस्तुको आवस्यकता पर्दछ । यी तिन कर्म पुरुषार्थ हुन जो हातद्वारा सम्पूर्ण पुरुषार्थ प्राप्त गर्न सकिन्छ ।
भूमिवन्दनाः– करदर्शन पश्चात भूमिवन्दना गर्नुपर्छ । आफु वसेको वाकर्म गरेको स्थानमा नै भूमिवन्दना गर्नुपर्छ ।
समुद्रवसने देवि पर्वतस्तन मण्डिते ।
विष्णुपत्नि नमस्तुभ्यं पादस्पर्शं क्षमस्व मे ।।
अर्थात्ः– हे समुद्र निवासी देवि, पर्वतरुपी स्तनले सुशोभित भएकी विष्णुपत्नि ! म हजुरलाई नमस्कार गर्दछु । मेरो पाउले भूमिलाई स्पर्श गर्दैछ मलाई क्षमादिनुहोस्, भनेर प्रार्थना गनुपर्छ । मनोविज्ञान भावलाई आधार मात्रे हो भने स्वदेश भक्ति जागृतका लागि, कर्मनिष्ठका लागि भूमि वन्दनाको विधान छ । यसैलाई आधार मानेर आज पनि नेपालजननीं वन्देगितद्वारा गायन गरिन्छ । वास्तवमा यहाँ पृथ्वीलाई माता भनेर चिनाएको मात्र छैन, विष्णुपत्नि यो शब्दले पितालाई पनि मन परिचित गराएको छ । दुवै प्रति भक्ति भावनाद्वारा परिपूर्णतम छ । त्यसैले त हाम्रा प्राचिन धर्मग्रन्थहरुमा भूमिवन्दना उच्चतम छ । धारणरुपशक्ति र पालनरुपशक्ति र सम्पूर्ण शक्तिहरुको आश्रय भत्र अनुपयुक्त नहोला । प्रातःकाल मानवपिण्ड र ब्रह्माण्ड यी दुई अन्य समय भन्दा धेरै शान्त र शुद्ध हुन्छ , विज्ञानानुसार यो समय भावना आदान–प्रदानहरुमा सात्विक हुने भएकोले व्यवधानरहित सुमधुरता हुने गर्दछ । अतःभौतिक विज्ञानको आधारमा भौतिक लाभको कामना गर्दछन् । ईश्वर–अनीश्वर, विज्ञान–मनोविज्ञानको आधारमा आध्यत्मिक लाभको विधान गरिन्छ । पिण्ड–ब्रह्माण्ड विज्ञान तथा कालवैचित्र्य विज्ञानको आधारमा ब्रह्ममुहूर्तमा उठ्ने र उक्तकर्ममा प्रेरित हुने विधान छ । भौतिकलाभ विश्वकामाना ब्रह्ममुहूर्तमा उठेर अकाट्य सुखको अनुभव प्राप्त गर्दछन् । विहानै वायुमण्डल मनमोहक हुन्छ । शरीर, मन र इन्द्रियलाई प्रियलाग्ने वायु चलिरहेको हुन्छ । यसको यो कारण हो कि रात्रिकालिन अवस्थामा तारागाणहरु र चन्द्रमाको शीतल प्रकाशका किरण र वायुको मिलनले सम्पूर्ण वातावरण नै शीतल तथा आनन्दप्रद हुन्छ । त्यसैले धर्मग्रन्थहरुमा विहानीपख वहने वायुलाई वीर वायुभनेर स्मरण गर्दछन् । ब्रह्ममुहूर्तमा उठ्दा हुने लाभको बारेमा आयुर्वेदले यसरी वर्णन गरेका छ ।
वर्णं कीर्तिं मतिं लक्ष्मीं स्वास्थ्यमायुश्चविन्दति ।
ब्राह्मे मुहूर्ते सञ्जाग्रछि«यं वापङ्कजं यथा ।।
अर्थात्– ब्रह्ममुहूर्तमा उठ्नेवाला मानवलाई वर्ण, कीर्ति, बुद्धि, लक्ष्मी, स्वास्थ्य तथा आयु प्राप्त गर्दछ । शरीर कमलफूलझै प्रफुल्ल रहन्छ ।
आध्यात्मिकलाभः– ब्रह्ममुहूर्तमा उठेर लघुशंका गरेर (पिशाब फेरेर) हातखुट्टा धोएर मुखप्रक्षालन गरी केही समय ब्रह्मको ध्यान गर्नुपर्दछ । ब्रह्मध्यानको लागि प्रातःकाल भन्दा अर्को समय उपयुक्त हुदैन, किनकी रातभर शरीर तथा इन्द्रियहरु विश्राम गरिसके पछि व्यष्टि मानवपिण्डका मन, इन्द्रिय, शरीर शान्त हुन्छन् भने, समष्टि ब्रह्माण्डको वातावरणको पनि शुद्ध र शमन्त हुन्छन् । त्यही भएर त ठुला ठुलाऋषि, महर्षिहरु ब्रह्ममुहूर्तमा ध्यान, तपस्या गर्दथे । ध्यानद्वारा समष्टि आत्मारुपब्रह्म देखि व्यष्टि आत्मामा सम्बन्ध हुने भएर अन्तकरण देखि नै सुप्त भएको आध्यात्मिक शक्ति जागृत हुन्छ ।
महापुरुष स्मरणः– ब्रह्मध्यानन्तर विशिष्ट महापुरुषहरुको स्मरण गर्ने विधान धर्मग्रन्थहरुमा पाइन्छ । महापुरुषको स्मरण गर्नु, राम्रा कार्यको गुणगान गाउनुलाई नै प्रार्थना भनिन्छ । हुनत अहिले आधुनिक जीवनचर्या भएर होला, इतिहास मान्दिन, परम्परालाई मान्दिनभत्रे व्यक्तिहरु प्रसस्त पाइन्छन् । जस्तै आफ्नो स्वार्थ तथा सांसारीक मायाजालद्वारा घेरिएर केवल भौतिकश सुख मात्र चाहान्छ, त्यसले कसरी राम, कृष्ण, वुद्ध,ऋषिमहर्षि इत्यादि महापुरुषलाई स्मरण्म गर्न चाहान्छ ? जसलाई अन्धविश्वास मान्दछ । मलाई लाग्छ अनुसन्धान तथा अध्ययन गर्न नचाहानु, विरोधमात्र गर्नु भनेको ठुलो विडम्बना हो । महापुरुषलाई स्मरण गर्दा तल लिखित श्लोकद्वारा गर्नुपर्दछ ।
प्रह्लाद–नारद–पराशर–पुण्डरीक– व्यासाम्बरीष–शुक–शौनक–भीष्मदाल्भ्यान् ।
रुक्माङ्गदार्जुन–वसिष्ठ–विभीषणादीन् पुण्यनिमान् परमभागवतान् नमामि ।।
करदर्शन, भूमिवन्दना, महापुरुष वन्दना इत्यादिको विधान मनोविज्ञानकै आधारमा विधान गरिएको छ । त्यसैले प्रातःकाललौकिककर्म गर्नु अगाडि उक्तकर्म गर्नाले आदिनं मनोभावनानन्द हुन्छ भत्रे धर्मग्रन्थहरुमापाईन्छ । स–धन्यवाद
अस्तु ( लेखक पं राजेन पौडेल , श्री कृष्णद्वैपायन गुरुकुल वेदविद्याश्रम भद्रपुर)




