भद्रपुर । परम्परागत हराउदै गएकाे माैलिक पञ्चेबाजालाई जाेगाउनकाे लागि भद्रपुर १० का महिला समूह लागिपरेका छन् ।
भद्रपुर नगरपालिका- १० मा रहेकाे महिला चेतना तथा जागृति विकास समुहले याे कार्य गरेकाे हाे ।
स्थानिय महिला दिदीबहिनीहरु जाे वेराेजगार हुनुहुन्छ, उहाँहरूको आयस्रोत हुने र माैलिक परम्परागत बाजा पनि जाेगिने भएकाेले हामीलेले काम थालेकाे समुहकी सदस्य सन्जु चाैहानले बताएकी छिन् ।
समुहले भद्रपुर नगरपालिकामा हामी पञ्चेवाजा सिक्छाै सिकाईदिने व्यवस्था गरिदिनु र बाजा किन्ने रकम सहित उपलब्ध गराईदिनु भनेर निवेदन दिएपछि नगरपालिकाले हाम्रो माग अनुसार तालिम लिने व्यवस्था गरिदिएकाे तर रकमचाहि नदिएकाेले हामीले जनहि १५ हजार ५००का दरले रकम उठाएर १ लाख ५० हजारमा खरिद गरेकाे चाैहानले बताईन् ।
नेपालमा जातिय परम्परागत बाजा रहेकाेले अहिले सबै जातजातिले याे बाजा सिकेपछि परम्परागत जातिले हाम्रो कर्ममा अभाव खड्किरहेकाेले तपाईंहूले सिकेर हामीलाईपनि काम दिनुभएकाे भनेर भन्ने गरेकाे चाैहान बताउछिन् ।
बिहे, व्रतबन्ध, असारे वेठि जस्ता मांगलिक कार्यमा याे बाजा बजाईने गरिन्छ ।

याे समूहमा एकजना पुरुषसहित १३ जनाकाे सहभागिता रहेकाे छ ।




