Logo

कांग्रेस महामन्त्री शर्माद्वारा झापा १ मा उम्मेदवारी दर्ता

देश प्रदेश समाचार २३ आश्विन २०७९, आईतवार १५:४६ मा प्रकाशित

झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् ।

आइतबार दिउँसो आफैं उपस्थित भएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा नेकपा एमालेले अग्नि खरेललाई अघि सारेको छ ।

अघिल्लो निर्वाचन पनि शर्मा झापा १ बाटै उम्मेदवार बनेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?