Logo

जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु

देश प्रदेश समाचार ३ भाद्र २०७९, शुक्रबार २१:५३ मा प्रकाशित

 तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जहाँबाट चुनाव हारें, त्यहीँबाट चुनावमा उठेर जित्ने वताएका छन्।
तनहुँ क्षेत्र नम्बर १ मा यसअघि चुनाव हारेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हारेको क्षेत्रबाटैै चुनाव जितेरमात्र आफू मर्न चाहेको बताएका छन् ।यसपटक पनि उम्मेदवारी दिने पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने जिकिर गरेका छन् ।
२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान०सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् ।

‘उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको उम्मेदवार ९कृष्णकुमार श्रेष्ठ०ले भनिसक्नुभएको छ,’ पौडेलले भने ।

तनहुँका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलको भनाइ थियो । नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने बताए ।

‘शीर्ष नेता नेता तनहुँका केन्द्रीय सदस्यहरुसँगसमेत छलफल गरेको छुँ, जिल्लाका साथीहरुसँग पनि छलफल भइरहेको छ, औपचारिक रुपमा निर्णय गरेर अगाडि बढ्छु ।’

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?