Logo

माओवादीमा ५ जना उपाध्यक्ष

देश प्रदेश समाचार २ भाद्र २०७९, बिहीबार १७:१४ मा प्रकाशित

काठमाडौं नेकपा माओवादी केन्द्रले पाँच जना नेताहरुलाई उपाध्यक्षको जिम्मेवारी दिने भएको छ ।
अध्यक्ष प्रचण्डले नेताहरु पम्फा भुसाल, कृष्णबहादुर महरा, दिनानाथ शर्मा, गणेश साह, र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
प्रचण्डले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठलाई दिइसकेका छन् ।

नेकपा माओवादी केन्द्रको बुधबार सुरु भएको स्थायी समिति बैठकमा पदाधिकारी टुंगो लगाउने विषयमा छलफल भएको थियो । बिहीबार बस्ने बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि साँझसम्म बैठक बस्न सकेको छैन ।

नेताहरुका अनुसार बिहीबार नै बस्ने बैठकमा प्रचण्डले पदाधिकारीको प्रस्ताव गर्ने छन् । माओवादी स्रोतका अनुसार देव गुरुङ महासचिव हुने पक्का जस्तै छ । महासचिवका दावेदारद्वय वर्षमान पुन र जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेल उमहासचिव बन्ने भएका छन् ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?