Logo

राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

देश प्रदेश समाचार ३० मंसिर २०७७, मंगलवार २२:११ मा प्रकाशित

काठमाडौ राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषद  सम्बन्धी अध्यादेश जारी भएको छ ।

मंगलबार दिउँसो राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेको शीतल निवासले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीका अनुसार मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

अधिकारीका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

आइतबारको संवैधानिक परिषद् बैठक प्रमुख प्रतिपक्षी दलको नेता कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुँदा बस्न सकेन । मंगलबार भने प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बैठकमा सहभागी नहुँदा साँझ ५ बजेसम्मका लागि बैठक स्थगित भयो ।

संवैधानिक नियुक्तिमा राजनीतिक भागबण्डा नमिल्दा १३ महिनादेखि बस्न नसकेको संवैधानिक परिषद् बैठक बस्ने सहमति भए पनि कोरम नपुग्दा बस्न सकेको छैन । मंगलबार बिहानको बैठकमा सभामुख सापकोटा सहभागी नभएपछि साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक बस्न नसकेपछि मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले अध्यायादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद् बैठकले बहुमतका आधारमा निर्णय गर्नसक्ने अनुमान गरिएको छ । अन्नपूर्ण पाेष्टबाट


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?