Logo

ब्राउनसुगर कारोबार गर्ने महिला पक्राउ

देश प्रदेश समाचार १९ आश्विन २०७७, सोमबार २०:१० मा प्रकाशित

दमक ब्राउनसुगरको कारोबार गर्ने एक महिला दमकबाट पक्राउ परेकी छन् ।
आज विहान ११.३० बजे दमक नगरपालिका वडा नं. ९ दिपज्योती उराउ टोल बस्ने ३० वर्षिया रुपा चौधरी भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो घर कोठामा लागूऔषध ब्राउनसुगर किनबेच गर्ने गरेको जानकारी प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खानतलाशी गर्दा उनको कोठाभित्र पलङमुनि लुकाई राखेको ५ वटा प्लाष्टिकको पोकामा ३५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थ र नगद चौहत्तर हजार छ सय पन्ध्र रुपैयाँ बरामद गरेको हो ।

उनलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?