Logo

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

देश प्रदेश समाचार २४ श्रावण २०८०, बुधबार २०:४७ मा प्रकाशित

झापा आफ्नै कान्छी श्रीमतीकाे हत्या गरेर फरार रहेका श्रीमान पक्राउ परेका छन् ।

सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरको साविक सुभाङ १ हाल हिलेहाङ ७ घर भएका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमती डम्बरकुमारी तामाङकाे हत्या गरि फरार भएका थिए ।

उनलाई इलामकाे पशुपतिनगरबाट प्रहरी निरीक्षक सन्ताेष राईकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले खाेजतलास गर्दा सूर्योदय नगरपालिका २ लालिखर्काबाट दिउँसाे १२ बजे पक्राउ गरि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रवक्ता तथा डिएसपी प्रकाश जवेगुले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?