Logo

काेशी प्रदेशका मुख्यमन्त्री प्रदेशसभा छाेडेर भागे

देश प्रदेश समाचार १४ असार २०८०, बिहीबार २१:४७ मा प्रकाशित

विराटनगर काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभा छाेडेर भागेका छन् ।

कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएपछि मतविभाजनका लागि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए । मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताहरुले जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु प्रदेशसभाबाट बाहिरिएका थिए । मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।

मुख्यमन्त्री कार्कीले प्रमुख सचेतक रेवतिरमण भण्डारीमार्फत् भाेलिका लागि बैठक सार्न सभामुखलाई आग्रह गरेका थिए । तर प्रतिपक्षी दलले आजै बैठक बसेर टुङ्गो लगाउनु पर्ने बताएका थिए ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?