Logo

उपेन्द्र यादवले जिते के हुन्छ र केपी ओलीले जिते के हुन्छ:- विनिता यादव

देश प्रदेश समाचार २३ चैत्र २०७९, बिहीबार २१:०१ मा प्रकाशित

काठमाडाैं जनता समाजवादी पार्टी, नेपाल महिला सघ मधेस प्रदेश सदस्य बिनित यादवले उपेन्द्र यादवले जिते के हुन्छ र केपी ओलीले जिते के हुन्छ भन्ने कुरा प्रदेशलाई हेरेर थाहा हुने बताएकी छिन् ।
बारा-‌‌‌ २ मा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘उपेन्द्र यादवले जिते के हुन्छ’ भन्दै कटाक्ष गरेपछि उनले उक्त प्रतिक्रिया दिएकी हुन् ।
‘केपी ओलीले आज भाषण गर्ने क्रममा दर्जनौं पटक ‘मधेस प्रदेश’को नाम लिए त्यो नाम उपेन्द्र यादवको कारण सम्भव भएको हो । आफ्नो प्रदेशका जनतालाई मधेसी भन्नमा गौरव गर्ने बनाएको उपेन्द्र यादवले हो । यादवले भनिन् ‘केपी ओलीले जितेर आएको प्रदेश अहिले अशान्त छ । आन्दोलित छ । त्यहाँका जनताले पहिचान र अधिकार मागिरहेका छन् भने मान्छेहरु मरिरहेका छन्’ । मधेस प्रदेशकाे नामकरण भएपछि मधेसमा उपेन्द्र यादवलाई जनताले सम्मान गरेका थिए । कोशी प्रदेश नामकरण भएपछि केपी ओली आफ्नो प्रदेशमा जान सक्ने स्थिति छैन । त्यहाँका जनताले सांसदलाई कालो झण्डा देखाउने र लखेट्ने काम गरिरहेका छन् । कस्ले जिते के हुन्छ भन्ने कुरा यसबाट प्रष्ट भइसकेको बताएकि छिन् ।

लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?