Logo

प्रदेश १ ले द्वन्द्वकाल र जनआन्दोलनका शहीद परिवारलाई १ लाख दिने

देश प्रदेश समाचार २७ मंसिर २०७९, मंगलवार १३:२१ मा प्रकाशित

झापा प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदिवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई रकम उपलब्ध गराउने भएको छ ।

प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रूपैयाँ दिन लागेको हो ।
चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् । सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?