Logo

मकवानपुरमा विषालु च्याउ खाँदा ६ जना चेपाङ बिरामी

देश प्रदेश समाचार २४ श्रावण २०८०, बुधबार १२:०८ मा प्रकाशित

काठमाडौं मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा ६ जना गम्भीर बिरामी परेका छन् ।

गाउँपालिकाको २ नम्बर वडाको औडारमा जंगली विषालु च्याउ खाँदा एकै परिवारका ३ सहित ६ जना बिरामी परेका वडाध्यक्ष बुद्धराम लामाले जानकारी दिए ।

च्याउ पकाएर खाँदा स्थानीय २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एक जना पुरुष बिरामी परेको लामाले बताए । उनका अनुसार विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि उनीहरुलाई राक्सिराङकै सरिखेत स्वाथ्य चौकीमा उपचार गरिए पनि थप उपचारको लागि भरतपुर रिफर गरिएको स्वाथ्य चौकीका प्रमुख प्रकाश कार्कीले बताए ।

आईसीयु सहितको थप उपचार आवश्यक पर्ने देखिएकोले रिफर गरेका छौं, कार्कीले भने ।

जनचेतनाकाे कमीले राक्सिराङमा जंगली च्याउका कारण चेपाङ समुदायका स्थानीयले बर्सेनि ज्यान गुमाउने, गम्भीर विरामी हुने समस्या भोग्दै आएका छन् ।

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?