Logo

हथौडा प्रहार गरेर आफ्नै श्रीमती हत्या गर्ने जेल चलान

देश प्रदेश समाचार ४ मंसिर २०७७, बिहीबार २०:४५ मा प्रकाशित

भद्रपुर आफ्नै श्रीमतीकाे हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ।

झापा जिल्ला अदालतको आदेशमा उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  ।भण्डारीलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको  जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको  प्रहरीकाे भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले नै हथौडा प्रहार गरेेर श्रीमतीको हत्या गरेका थिए।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?