Logo

बुद्धशान्तिका सुकुम्बासीहरुले धनीपूर्जा पाउँदै

देश प्रदेश समाचार १ कार्तिक २०७८, सोमबार २२:१० मा प्रकाशित

बुद्धशान्ति बुद्धशान्ति गाउँपालिकामा रहेका भूमिहीन सुकुम्बासीहरुले छिट्टै आफ्नो नामको लालपुर्जा पाउने भएका छन् ।
सोमबार झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४मा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालाई उपस्थित सुकुम्बासीहरुले आफ्नो समस्या अवगत गराएका थिए ।
आयोगका अध्यक्ष निरौलाले कार्यक्रममा बोल्दै यसअघिको राष्ट्रिय भूमि आयोगको कामकार्वाहीलाई टेकेर अहिलेको आयोगले काम शुरु गर्न लागेको बताए। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा,कांग्रेसका गाउँ सभापति चक्र शेर्मा , एमालेका इन्द्र अधिकारी , माओवादीका बोधराज दाहाललगायतले सुकुम्बासी समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले स्वागत मन्तब्य राख्दै बुद्धशान्तिमा भएको सुकुम्बासी समस्याका बारेमा प्रकाश पारेकी थिइन् । बुद्धशान्ति वडा नं ४ मा अझै केही परिवारको लगत दिन बाँकी रहेको जनाइएको छ । बुद्धशान्ति गाउँपालिकामा ६ हजार ४१६ परिवार भूमिहीन सुकुम्बासी रहेको लगत निकालिएको छ भने बाकि लगत लिने काम पर्सीदेखि शुरु गरिने गाउँपालिका अध्यक्ष भुजेलले बताए । लगत लिइसकेपछि सम्पूर्ण विवरण आयोगमा पठाएर त्यसपछि धनीपूर्जा वितरण गरिने अध्यक्ष भुजेलले जानकारी दिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?