Logo

१९ महिनादेखि बन्द रहेको झापाकाे दाेस्राे ठूलाे नाका भद्रपुर भाेलीदेखि खुला

देश प्रदेश समाचार १४ आश्विन २०७८, बिहीबार १५:५९ मा प्रकाशित

भद्रपुर । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको झापाकाे दाेस्राे ठूलाे नाका भद्रपुर शुक्रबार (भाेली)देखि खुला हुने भएकाे छ । अब भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा आउने भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आइसकेको हुँदा काँकडभिट्टा र भद्रपुर नाका खुलाउन लागेको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । आजै जिल्ला प्रशासन कार्यालय झापामा डिसीएमसीको बैठक बसेर नाका कसरी सञ्चालन गर्ने विषयमा निर्णय गर्न उनले बताए । उनका अनुसार नाकाबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने हुन्छ । सोही स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नाका खुलाउन लागेको उनले जनाए  । सवारीसाधन सञ्चालन गर्ने विषयमा गृहको परिपत्र अनुसार बैठकबाट निर्णय गरिने उनको भनाई छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र नगर्दा नाका सञ्चालनमा ढिलाइ भएको थियो । सरकारले गरेकाे निर्णयलाइ अाधार मानेर नाकामा अाएका दुवै देशका नागरिकले सास्ती पाएका थिए । सीमानामा अाएर फिर्ता जानु परेकाे थियाे ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?