झापा। बिर्तामोडबाट ठूलो परिमाणको ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।
त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई थप अनुसन्धान गर्दा बिर्तामोड– १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलव ३७ मिलिग्राम ब्राउनसुगर र २ लाख ६९ हजार ३ सय रुपैयाँ बरामद गरिएको डिएसपी थापाले बताए । प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ । ब्राउनसुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय समाचार




