Logo

पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ

देश प्रदेश समाचार २ आश्विन २०७८, शनिबार १३:४३ मा प्रकाशित

काठमाण्डौ – काठमाण्डौको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् । पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेलीरहेकाे प्राप्त गोप्य सूचनाको आधारमा वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति तिब्बतियन क्याम्पभित्र रहेको धावा ढुण्डुपको घरमा छापा मारेको थियो । घटनास्थलबाट प्रहरीले जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट चार लाख ७५ हजार रुपैयाँ, २० बुक तास, क्यासिनोमा प्रयोग हुने चार सय ६४ थान क्वाइन, २८ वटा चेक र कौडा पनि बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?