काठमाडाै। लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई समेत पूर्णता दिन नसकेको भन्दै चर्काे आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले २ महिनाभित्र गरेका १५ कामको सूची सार्वजनिक गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयले गठबन्धन सरकार गठन भएयता गरेका कामहरूको विवरण शनिबार बिहानै सार्वजनिक गरेको हो। कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकता, कुलमान घिसिङलाई प्राधिकरणमा पुनःनियुक्ति, भूमि आयोग गठन, कर्मचारी, शिक्षक, सेना, प्रहरी तथा स्वास्थ्य सेवा कर्मचारीको तलब वृद्धि, एमसीसीमा राष्ट्रिय सहमतिमा पहल, प्रमुख प्रतिपक्षीलाई विश्वासमा लिने प्रयासलगायत कामलाई देउवा सरकारले आफ्ना उपलब्धिका रूपमा उल्लेख गरेको छ।

लोकप्रिय समाचार




