संखुवासभा। संखुवासभाकाे मादी नगरपालिकामा एकै परिवारका ६ जनाकाे विभित्स हत्या भएकाे छ ।
नगरपालिकाकाे १ नम्बर वडा स्थित उम्लिङमा रहेकाे बाैद्धमान कार्कीकाे घरमा धारीलाे हतियार प्रहार गरि एकै परिवारकाे ६ जनाकाे हत्या भएकाे हाे । हत्या गरिएकाहरूमा बाैद्धमानकी ८४ वर्षीया पार्वता, छाेरा ५८ वर्षीय तेजबहादुर, बुहारी ५६ वर्षीया मनमाया, बुहारी २८ वर्षीया रञ्जना, नाती ११ वर्षीय दिपक र नातीनी गाेमाकाे हत्या भएकाे वडाअध्यक्ष खेमनाथ कटुवालले जनाएका छन् ।

रहस्यमय तरिकाले हत्या भएकाहरूमा घर नजिकैकाे खरबारी नाती र नातीनाकाे , खाेल्सामा सासु र एउटी बुहारीकाे, बाटाेमा ताेजबहादुरकाे र घर भित्र एउटी बुहारीकाे शव फेला परेकाे सचिव धनबहादुर श्रेष्ठले बताएका छन् ।
श्रेष्ठका अनुसार बैद्धमाका २ छाेरा मध्याे एक जना बैदेशिक राेजगारमा रहेका छन् । कार्कीकाे घर गाउँ भन्दा केही दुरीमा रहेकाेले घटना ढिलाे गरी थाँहा पाएकाे उनले बताए ।
उनले भने ‘ घटना रहस्यमय छ, शवहरू यत्रतत्र छन्, सबैभन्दा नजिककाे छिमेकी भनेकाे करिव २ सय मिटर पर भएकाले पनि घटना अलि ठिलाे गरी थाँहा पाइयाे । ‘
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरिक्षक सहितकाे टाेली घटना स्थलमा जादैगरेकाे बताइएकाे छ ।




