झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुरको ९ नम्बर वडामा पकड जमाएको छ । अन्य वडाको तुुलनामा केही कमजोर रहेको वडामा आज विभिन्न पार्टी परित्याग गरी ७५ जना राप्रपामा प्रवेश गरेपछि सो वडामा पार्टीले पकड जमाउन सफल भएको हो । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सङ्घीय साँसद राजेन्द्र प्रसाद लिङ्देनको हातबाट नव प्रवेशिकाहरुले सदस्यता लिएका थिए ।
यतिका वर्ष अन्य पार्टीमा बस्दा स्वार्थमात्र देखिएकोले देशलाइ माया गर्ने पार्टी राप्रपा भएको ठहर गरी अबको बाँकी जीवन राप्रपाको कार्यकर्ता वनेर विताउने उनीहरुले बताएका थिए । वडा नम्बर ९ राप्रपामय भएको उनीहरुले दाबी गरे ।
सोही कार्यक्रममा कन्चन राइको नेतृत्वमा २१ जना सदस्य रहनेगरी राप्रपा सम्बद्ध युवक सङ्गठन सर्वसम्मत चयन गरिएको थियो । अधिवेशनमा वडा कार्यालय समेत स्थापना गरिएको युवक सङ्गठनका जिल्ला अध्यक्ष राजकुमार राइले जानकारी दिए ।
त्यसैगरी आजै भद्रपुर ४ नम्बर वडामा ५९ जनाले पार्टी प्रवेश गरेका थिए । उता दमकमा ६० जना भन्दा बढीले राप्रपामा प्रवेश गरेका थिए । उनीहरुलाइ प्रदेश अध्यक्ष राम थापा लगायतले स्वागत गरेका थिए । त्यसैगरी हल्दीबारी २ बेलागाडा क्षेत्रबाट ५० जना भन्दा बढीले पार्टी प्रवेश गरेका थिए । उनीहरुलाइ नेता लिङ्देनले स्वागत गरेका थिए ।





