Logo

कोरोना भाइरस संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु

देश प्रदेश समाचार २९ श्रावण २०७८, शुक्रबार १२:४८ मा प्रकाशित

झापा । झापामा कोरोना भाइरस संक्रमणका कारण एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । विगत सात दिनदेखि बिर्ता सिटी हस्पिटलमा उपचाररत हल्दिबारी १ गोलधापका ४२ वर्षिय षडानन्द नेपालको उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको हो । औषधि पसलसमेत संचालन गर्दै आएका उनी लोकप्रिय स्वास्थ्यकर्मी रहेका थिए । स्थानीय ठाउँमा नेपाल डाक्टरका नामले परिचित नेपालले लामो समयदेखि गोलधाप , चकचकी , बिर्तामोड १० लगायतका क्षेत्रमा अनवरत स्वास्थ्य सेवा दिदै आइरहेका थिए ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?