Logo

ब्राउन सुगरसहित दुइ महिला पक्राउ

देश प्रदेश समाचार २४ श्रावण २०७८, आईतवार १९:३३ मा प्रकाशित

भद्रपुर  ।झापा गौरिगंज गाऊपालिका ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जना महिलालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका १ कि ३४ बर्षीया मञ्जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए  ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?