Logo

दावा ब्राउनसुगरसहित बिर्तामोडबाट पक्राउ

देश प्रदेश समाचार २९ असार २०७८, मंगलवार १४:०८ मा प्रकाशित

बिर्तामोड  । हिजो साँझ प्रतिबन्धित ब्राउनसुगरसहित इलामका एक व्यक्ति बिर्तामोडबाट पक्राउ परेका छन् ।साँझ ५.३० बजे अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका वडा नं ८ तिलकेनी बस्ने ३० वर्षिय दावा तामाङलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा १३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?