Logo

झापामा फेरि एक हप्ताकाे लागि निषेधाज्ञा थपियाे, सिटी सफारी र अटो रिक्सामा जोर-बिजोर प्रणाली चलाउनु पर्ने

देश प्रदेश समाचार १४ असार २०७८, सोमबार १५:०६ मा प्रकाशित

भद्रपुरझापामा फेरि एक हप्ताकाे लागि निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेकाे डिसीसीएमसीको बैठकले आज राति १२:०० बजेदेखि असार २१ गते राति १२:०० सम्मकाे लागि निषेधाज्ञा थप गरेकाे हाे । असार ७ गते राति १२ बजे देखि १४ गते राति १२सम्मकाे लागि निषेधाज्ञा लगाएकाेमा काेराेनाकाे सङ्क्रमण बिस्तारै घट्दै गएकाेले समय हेरफेर गरेर पुन १ हप्ताकाे लागि निषेधाज्ञा थपिएकाे हाे । थपिएको निषेधाज्ञा व्यापार व्यवसायहरु खुल्ने यसअघि दिनकाे १२:०० सम्म कायम गरिएकाे थियाे भने अबकाे थप निषेधाज्ञामा समय बढाएर दिनकाे ३:०० सम्म कायम गरिएकाे छ भने हाेटल रेष्टुरेन्टमा पुरानै नियम राखिएकाे छ। व्यापार व्यवसायमा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको छ भने निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर गते अनुसार सञ्चालन गर्ने पाउने निर्णय गरेको छ । विमानबाट यात्रा गरेका वा गर्ने टिकट वा बोडिङ ,पास भएका यात्रुहरू एयरपोर्टसम्म जान र एयरपोर्टबाट अन्य स्थानमा जान प्रयोग हुने ट्याक्सीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने जोर बिजोर गते अनुसार सञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?