Logo

झापाकाे कचनकवल गाउँपालिकामा सर्पदंश सेवा सुरु

देश प्रदेश समाचार ३ असार २०७८, बिहीबार १४:१३ मा प्रकाशित

भद्रपुर  झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्रकाे स्थापना भएकाे छ ।
बिहिवारदेखी कचनकवल गाउँपालिकाकाे  प्राथमिक स्वास्थकेन्द्र बनियानीबाट सर्पदंश उपचारकाे थालनी भएकाे हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको थियाे जेठ २८ गते महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालन अनुमति प्रमाणपत्र दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
महाशाखाले सर्पदंश उपचार केन्द्र स्थापना सम्बन्धी मापदण्ड २०७७ को दफा ६ बमोजिम २०७८ जेठ २८ देखि २०८२ जेठ २७ गते सम्म सञ्चालन अनुमति प्रमाणपत्र दिएइको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।
सङघीय साँसद् तथा झापा क्षेत्र नम्बर ३ का राजेन्द्र प्रसाद लिङ्देनले संसद् कोष र गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले गाउँपालिकाबाट उपचार केन्द्रका लागि अनुमानित २० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन कार्य पूरा गरेको थियो ।
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँबासीले दबाब दिन थालेपछि २०७७ पुस २७ मा नै उपचार केन्द्रको स्वीकृतिका लागि महाशाखामा पत्राचार गरे पनि अनुमति नपाउँदा सञ्चालनमा ढिलाइ भएको थियो ।
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र नहुँदा सो क्षेत्रका जनता विषालु सर्पको डसाइबाट अकालमै ज्यान गुमाउँदै आइरहेका छन् । केही दिन अघि मात्र कचनकवल–७ खेरिबारीकी ४३ वर्षीया रामकुमारी कुँवर र कचनकवल ४ स्थित फर्कागाछीका ५९ वर्षीय चवनलाल गणेशको सर्पको टोकाइबाट ज्यान गएको थियो ।         


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?