Logo

ब्राउनसुगरसहित तीन जना पक्राउ

देश प्रदेश समाचार ३ जेष्ठ २०७८, सोमबार १२:४२ मा प्रकाशित

झापा     झापा गाउँपालिका–२ बाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा–१ का १९ बर्षीय प्रताप लिम्बु रहेकाे प्रहरी कार्यालय झापाले जनाएकाे  छ

। पैदल हिडिरहेका तीनै जनालाई गएराति साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजारसमेत बरामद गरेको थियो ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?