Logo

पुर्ण निषेधाज्ञाको पहिलो दिन पुर्णरुपमा सफल

देश प्रदेश समाचार १ जेष्ठ २०७८, शनिबार २२:२० मा प्रकाशित

भद्रपुर । जिल्ला प्रशासन कार्यलय झापाले गए राति देखि जेष्ठ ७ गते सम्मका लागि लागु गरेको पुर्ण निषेधाज्ञाको पहिलो दिन पुर्णरुपमा सफल भएको छ ।
गत बैशाख महिनाको २२ गते राति १२ बजे देखि ३१ गते राति १२ बजे सम्म लगाएको निषेधाज्ञाले कोरोना सङ्क्रमित दिनहु बढ्दै गएपछि गए राति देखि पुर्णरुपमा निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यलय झापाले आदेश गरेको थियो ।
झापाका दमक, विर्तामोड,धुलाबारी, काकरभिट्टा, भद्रपुर जस्ता मुख्य बजारहरुमा औषधी पसल बहेक अन्य पसलहरु पुर्णरुपमा बन्द थिए भने भित्रि बजारहरु पनि पुर्णरुपमा बन्द थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?