- झापामा काेराेना सङ्क्रमणकाे दर दिनहुँ बढ्न थाले भएपछि झापा जिल्लामा पुर्णरुपमा निषेधाज्ञा हुने भएकाे छ ।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को मंगलबार साँझ बसेको बैठकले जिल्लामा पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना जानकारी दिए। बुधवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ तिमिल्सनाले जानकारी दिए । प्रशासनले वैशाख १९ गते मध्यरातिदेखि जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । आंशिक निषेधाज्ञा उल्लङ्घन भएको ठहर गर्दै प्रशासनले पूर्ण रुपमा निषेधाज्ञा लगाएको हो ।
अहिलेको निषेधाज्ञामा बिहान ११ बजेसम्म पसल खोल्न दिइएको छ भने जोरबिजोर प्रणालीमा यातायात सञ्चालन भइरहेको छ । अब पूर्ण निषेधाज्ञा लागू भएपछि पसल , बजार, ,यातायात पूर्ण रुपमा बन्द हुने भएको छ । हाल झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुगे संगै झापामा कोरोना कहर खतराको घण्टी बजेको छ । सरकारले जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि थप कदम उठाउन स्थानीय प्रशासनले आदेश दिइसकेको थियो ।
।।
लोकप्रिय समाचार




