Logo

झापामा शनिबार ७२ जनामा कोरोना संक्रमण पुष्टि

देश प्रदेश समाचार १८ बैशाख २०७८, शनिबार १९:४४ मा प्रकाशित

झापा झापामा शनिबार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुष गरी ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये सबैभन्दा बढी भद्रपुरमा ११ महिला र १३ पुरुषसहित २४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बिर्तामोडमा ७ महिलासहित १३ जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्ज ,कचनकवल र शिवसताक्षीमा १–१ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

योसँगै झापामा संक्रमितको संख्या ५०७३ पुगेको छ । त्यसमध्ये ४५२९ डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा ४१० जना सक्रिय संक्रमित रहेको जनाइएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?