Logo

फरार प्रतिवादी १२ बर्षपछि पक्राउ

देश प्रदेश समाचार १४ चैत्र २०७७, शनिबार १५:५४ मा प्रकाशित

भद्रपुरसवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् ।
पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा उनलाई दुई वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?