झापा। प्रहरीले अबैध रक्सी बरामद गरेको छ ।आइतबार राति ११ बजे झापा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ बर्नेस्थित मेची राजमार्गमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले अबैध रक्सी बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
बिभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा मे १ज ३३५१ नं. को गाडीमा चालक ईलाम सुर्योदय नगरपालिका वडा नं. २ बस्ने २८ वर्षिय प्रकाश खड्काले भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको SIKKIM GOLDENनामक रक्सी ८४ बोतल र फायरबल रक्सी ११ बोतल गरी जम्मा ९५ बोतल मदिरा बरामद गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।

बरामद सामान, चालक र मे१ज ३३५१ नं. को गाडी समेतलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाई थप आवश्यक अनुसन्धान भईरहेको साथै अन्य बिभिन्न मितिमा बरामद गरिएका SIKKIM GOLDEN नामक रक्सी २११ बोतलसमेत आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको उनले जानकारी दिए ।




