Logo

बलात्कृत महिलाले उपचार पाईनन्

देश प्रदेश समाचार २१ फाल्गुन २०७७, शुक्रबार ०९:२३ मा प्रकाशित

 सुरुङ्गा । सामूहिक बालात्कारको शिकार वनेकी सन्थाल समुदायकी एकल महिलाले उपचार पाएकी छैनन ।
झापा कनकाई नगरपालिका ३ की ३१ वर्षीया महिलामाथि फागुन १० गते राति सोही नगरपालिका दुइजनाले सामूहिक बलात्कार गरेका थिए ।
बलात्कृत बनेकी पीडित महिलाको रक्तश्राव भइरहेको संरक्षक कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। घट्नापछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर ल्याएको उनको भनाइ छ। अस्पतालले घर लैजानु भनेपछि ल्याए तर, उनको रक्तश्राव नरोकिएको श्रीमतीलाइ उदृत गर्दै उनले जानकारी दिए । उपचार खर्च दिन नमिल्ने प्रहरीले जनाएपछि घरमा नै आयुर्वेदिक उपचार गरिरहेपनि ठिक नभएको उनको भनाइ छ । पीडित महिलालाइ न्याय दिनुको सट्टा खर्च गरेर थुनामा रहेकालाइ निकाल्नु पर्छ भन्दै आएका उनले सुनाए । केश सेलाइ सक्यो अब केही हुदैन भन्दै केही समूहले दबाव दिइरहेको उनको भनाइ छ ।
घट्ना भएपछि प्रहरीलाइ जानकारी गराएको र हाल के हुदैछ भन्ने विषयमा जानकारीमा नआएको कनकाइ ५ की वडा सदस्य जानुका सिवाकोटीले बताइन् । महिलाको ओठ सुण्डिएको,शरिरभरी निलडाम रहेको साथै शरिर पुरै हिलो अवस्थामा फेला पारिएको उनले जानकारी दिइन् । अङकलहरु आमासँग जिस्कने बारम्बार कोठामा आउने गरेको पीडितका छोराले बताएको उनले जनाइन् ।
महिलामाथि भएको घट्ना आफुलाइ जानकारीमा नआएको मानव अधिकारका लागि महिला एकल महिला झापा अध्यक्ष रेखा अधिकारीले बताइन् । संलग्नलाइ कारबाही र पीडित महिलाले न्याय पाउनु पर्ने उनले जनाइन् । उपचारमा समस्याका विषयमा तत्काल उद्दार गरी मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइने उनले बताइन् ।
सोही नगरपालिका– ४ का २८ वर्षीय प्रदीप चौधरी र ५८ वर्षीय कान्छा भनिने शर्मानन्द भुजेलले बलात्कार गरेर शक्त घाइते बनाएको अवस्थामा प्रहरीले पक्राउ गरी जबरजस्ती करणी र कुटपिटमा मुद्दा चलाएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।
सुरुङ्गा बजारस्थित टप्पुमा डेरामा राती पुगी ती महिलासँग चिनजानका पुरुष भुजेलले ढोका खोल्न लगाई दुबै जनाले मुखमा रक्सीको वोतले कोचेर पालैपालो बलात्कार गरेको पीडित महिलालाइ उदृत गर्दै प्रहरीले जनाएको थियो । बलात्कार गरेर फरार भएपछि पीडित महिला स्थानीय काशीनाथ श्रेष्ठको घरमा शरण लिन पुगेकी थिइन् । केही वर्ष अघि मात्रै आफ्नो श्रीमान् गुमाएकी उनीसँग एउटा ७ वर्षीय छोरा मात्रै छन् । ती छोरा समेत अर्कै घरमा बसेर पठनपाठन गर्दै आइरहेका छन् ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?