Logo

जबरजस्ती करणी मुद्धाका फरार प्रतिबादी जेल चलान

देश प्रदेश समाचार ५ फाल्गुन २०७७, बुधबार १६:०६ मा प्रकाशित

भद्रपुर जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिबादी पक्राउ परी जेल चलान भएका छन् ।जेल चलान हुनेमा साविक इलाम बरबोटे घर भई हाल बिर्तामोड २ बस्ने ४५ वर्षिय गंगाप्रसाद ढकाल रहेका छन् ।

उनलाई झापा जिल्ला अदालतको २०७६ मंसिर २४ गतेको फैसला अनुसार जबरजस्ती करणी उद्योग मुद्दामा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । हालसम्म फरार रहेका उनलार्ई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी  दिए ।

उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको थापाकाे भनाइ छ  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?