Logo

भारतीय नोटसहित झापाली पक्राउ

देश प्रदेश समाचार २१ माघ २०७७, बुधबार २१:१० मा प्रकाशित

माेरङ स्रोत नखुलेको एक लाख चार हजार भारतीय रुपैँयासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ पाडाजुङ्गीका ३१ वर्षीय अजय बलकोटी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शङ्का लागेर चेकजाँच गर्दा भारतीय रुपैयाँ पाँच सय दरका २ सय ८ थानसहित उहाँलाई मोरङको मटेरुवाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईले जानकारी दिए।

आवश्यक कानूनी कारवाहीका लागि  एकीकृत भन्सार जाँचचौकी विराटनगरमा बुझाएको उनले बताए  ।

यसैगरी, बेवारिसे अवस्थामा रहेको एउटा बोलेरो गाडी प्रहरीले आज सुनवर्षी नगरपालिका–८ बाट बरामद गरेको छ ।

को२च २७८६ नं लेखिएको सो गाडी यातायात कार्यालय इटहरीमा दर्तामा नरहेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि गाडीलाई विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?