भद्रपुर । झापा जिल्ला प्रहरी प्रमुख हेरफेर हुने बित्तिकै झापाका बिभिन्न नाकाबाट ठूलो परिमाणमा तस्करी भइरहेको सुचना प्राप्त भएको छ । समचार श्राेतका अनुसार झापाकाे वाहुनडाँगी, गैरिगाउ , नकलबन्दा, डागीबारी, पाठामारी , कुञ्जीबारी लगायतका नाकाबाट पछिल्लो समय सामानको ठुलाे परिणाममा तस्करी भइरहेको छ । ती नाकाहरुबाट लत्ता कपडा, सुर्तीजन्य पदार्थ, मोटर पार्टस ,लागूऔषधको तस्करी भइरहेको श्राेतले बताएकाे छ । भारतको पानी टयाङकीबाट विर्तामोड सम्म एक पोका कपडा पुर्याए वापत व्यापारीले १० हजार रुपैयाँ केरियरलाइ दिने गरेका छन् । त्यो रकममध्ये प्रति पोका ३ हजारका दरले सादा पोसाकमा खटिएका सशस्त्र र जनपथ प्रहरीलाई बुझाउने गरेकाे श्राेतकाे दाबी छ ।,
लोकप्रिय समाचार




