Logo

राहत वितरण गर्न पूर्व राजपरिवार भद्रपुरमा ,हेराैँ तस्वीरमा

देश प्रदेश समाचार २५ पुष २०७७, शनिबार १८:०७ मा प्रकाशित

भद्रपुर गत एक महिनादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ गाैरीशंकर स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।विद्यालयका ६५ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा र पोषिलो खानेकुरा वितरण गरिएको हो । हिमानी कोषबाट वितरित सो राहत वितरण गर्न हिमानी कोषकी संरक्षक पूर्व युवराज्ञी हिमानी शाह , पूर्व युवराज पारसका छोराछोरीले वितरण गरेका थिए  ।

त्यस विद्यालयका विद्यार्थीहरुलाई अब लगातार ३ वर्ष हिमानी कोषले पोषिलो खानेकुरा वितरण गर्ने जनाइएको छ । त्यस्तै कार्यक्रममा ३०जना बृद्धबृद्धालाई पनि पोषिलो खानेकुरा प्रदान गरिएको थियो । कार्यक्रममा  साे क्षेत्रका बारेमा राजु  पनेरुले पूर्व राजपरिवारलाइ  जानकारी गराएका थिए । हिमानी काेषकाे बारेमा उत्तम निराैलाले  जानकारी गराएका थिए ।

राधा कार्कीले धन्यबाद मन्तव्य  राखेकी थिइन् भने अभिशेक ढुङगनाले कार्यक्रम सन्चालन गरेका थिए  ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?